Full Text Sharing
न खेल्दा थाक्थे म
न त उफ्रदा नै
टोलभरिको मान्छेको
मन जित्न चाहन्थे म।
कहिले तोतेबोलिको लय
हालेर गीत गाँउथे म
कहिले ममि र बाबा बनी
सारालाई हसाउँथे म ।
बाबाको सानी
छोरी थिए म
अनि आमाको आँखाको
नानि थिए म।
दु:ख के हो भनेर
थाहा नै थिएन
कसैले एउटा चकलेट दिए
त्यसमै रमाउँन खोज्थे म ।
अहिले सोच्छु फर्किए ती दिन
के गर्थे होला
सायद तेहि पलमा
संसार खोज्थे म।
Add new comment